तुलसीपुरमा नमुना महिला सांसदको बैठक सम्पन्न

तुलसीपुर नमुना महिला सांसदहरुका लागि विषयगत सवालमा दुई दिने अभिमुखीकरण कार्यक्रम


प्रतीपक्ष दलका सांसद भगवती धितालले महिलाहरुको क्षमता अभिबृद्धिका लागि नेतृत्व विकास हुने खालका कार्यक्रम राख्नुपर्ने माग राख्नुभयो । यस्तै सांसद निशा लामीछानेले शिक्षामा छोराछोरी लाई भेदभाव नगरी समान शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभयो । सांसद ओवी वलीले सवै वडामा दलीत र जनजाती महिलाहरुलाई शसक्त बनाउन शसक्तीकरणका कार्यक्रम संचालन गर्नुपर्ने बताउँनुभयो । यस्तै सांसद कुमारी वि.क.ले किसानहरुले पाउँनुपर्ने सेवा सुविधा नपाएको भन्दै समयमै मल,विउँविजन उपलब्ध गराउनुपर्ने माग राख्नुभयो ।

संसदमा सत्तापक्ष भावना गौतमले विकट बस्ती भन्दा पनि बिकासका योजना बजार केन्द्रित भएको भन्दै सभाुखको ध्यानाकर्षण गराउँनुभएको थियो । सांसद देवी पोख्रेलले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युपछि लास नेपाल झिकाउँन सरकारले ध्यान नदिएको भन्दै यस कार्यमा सरकार गम्भीर बन्नुपर्ने बताउँनुभयो । सांसद गौरी नेपालीले विकट एरीयामा अझै पनि विधुत पुग्न नसकेको, मोटर बाटो जान नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँनुभयो । सांसद राधा बस्यालले सडकमा गाईवस्तु बाध्ने गर्नाले दुर्घन्ध फैलीएको भन्द गाईवस्तु पालनका लागि उचित ठाउँको ब्यवस्थापन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउँनुभयो । तुलसीपुरमा बुधवार नमुना महिला सांसदहरुको संसद बैठकमा शुन्य समयमा बोल्दै महिला सांसदहरुले महिलाहरुका सवालहरुलाई गम्भीरतापुर्वक लिनुपर्ने भन्दै ध्यानाकर्षण गराए ।

सभामुख सीमा न्योपानेले शुन्य समयपछि विषयगत समयमा विषयगत सांसदहरुलाई सवालहरुको जवाफ दिनका लागि समय दिनुभयो ।
कानुन तथा सामाजीक न्याय समितीका संयोजक युवा कराराले छोराछोरीहरुलाई शिक्षामा बराबरी हुनुपर्ने भन्दै एैन बनाएकाले समान रुपमाले ब्यवस्था गरिसकेको आगामी संसदमा बजेट विनीयोजन गरि प्रभावकारी तरिकाले ऐन कार्यान्वयन गर्ने तरीकाले अगाडि बढ्ने बताउँनुभयो । सरकारले वैदेशीक रोजगारीमा जानै नपर्ने गरि रोजगारको ब्यवस्थ ा गर्ने र युवाहरुलाइृ नेपालमै बस्ने बातावरणको सिर्जन ागर्ने बताउँनुभयो ।
शान्ती तथा मानव अधिकार संरक्षण समितीका संयोजक मधुमती सुनारले महिला माथी हुने हिंसामा सरकार गम्भीर रहेको भन्दै हिंसा गर्नेलाई तत्कार कारवाहि गरीने गरि ऐन निर्माण गर्न सरकार लागिपरेको बताउँदै घर देखि समाजसमम हिंसारहित बातावरण सिर्जना गरीने बताउँनुभयो ।


आर्थीक विकाश समीतीका संयोजक कल्पना चौधरीले महिलाहरुको आर्थीक शसक्तिकरणका लागि अभियान संचालन गर्नका लागि योजना बनाएको बताउँनुभयो । आर्थीक रुपले महिलाहरुलाइ सक्षम बनाउँन उधमी कार्यक्रम संचालन गरीने बताउँनुभयो ।

राजनीतीक समीतीका संयोजक सरीता देवकोटाले महिलाहरुलाई सम्पती पाउँनुपर्ने प्रत्याभुती दिलाउन एैन कार्यान्वयन गर्ने कुरामा जोड दिने बताउँनुभयो । समान कामको समान ज्याला हुनुपर्ने, हरेक तहमा ५० प्रतीशत समान सहभागिता गराउँने जस्ता विषयमा विशेष रुपले पहल गरीरहेको बताउँनुभयो ।

सांस्कृतीक समितीका संयोजक छवी खरालले नेतृत्व पंक्तिमा भएकाहरु नै नेपालको सास्ंकृतीक कुरालाई विर्सीएको बताउँनुभयो । सामाजीक , सांस्कृतीक विषयमा सवाल नगरेका कारण आफनो आपत्ती रहेको बताउँदै यस विषयमा कार्यक्रम तयार पारीने बताउँनुभयो ।
सुचना संचार मन्त्री लालमती भण्डारीले संसद मार्फत छिटो छरीतो तरीकाले सुचना दिने यस विषयमा पोख्त ज्ञाता ब्यक्ति चुन्नुपर्ने भन्दै यस विषयमा गम्भीर बन्नका लागि सभामुखको ध्यानाकर्षण गराउँनुभयो ।


मनव संसाधन विकास समितीका संयोजक लोकमाया पुनले सरकारी सेवामा महिलाहरुको संख्या कम भएकाले लक्षीत वर्गका महिलाहरुका लागि लोकसेवा कक्षा संचालन गर्नुपनेृ,स्वास्थ्य सेवामा दक्ष जनशक्ति उपलब्ध हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउँनुभयो ।
संसदमा प्रतीपक्षका सांसदहरु ऋाफनो मागका विषयमा सरकार गम्भीर नभएको भन्दै नारावाजी समेत गरेका थिए । संसदमा एकलौटि रुपमा अघि बढ्न पाईदैन, हाम्रो माग सुनुवाई गर भन्दै नारावाजी गरे । सभामुखले अर्कौ बैठकमा सम्बोधन हुने भनेपछि माहोल साम्य भएको थियो । संसद २०८० चौत १७ गते बस्नेगरि स्थगीत भएको थियो । बैठक अवधिभर उप – सभामुख शुष्मा गिर िभने गम्भीर मुद्रामा देखिनुभएको थियो ।
तुलसीपुरमा दुई दिन सम्म संचालन भएको नमुना महिला सांसदहरुको संसद बैठक हो दृक्ष्य हासाच्चीकै संसद बैठक चलीरहेको यो दृष्य साच्चीकै संसद बैठक भने थिएन । एक नमुना थियो तर संसद बैठकको आभाष भने दिएको थियो ।

तुलसीपुर उपमहानगरपालीकाको आयोजनामा तुलसीपुरमा तुलसीपुर नमुना महिला सांसदहरुका लागि विषयगत सवालमा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । अभिमुखकिरण कार्यक्रमको प्रशीक्षकमा मानवअधिकारकर्मी शुसील बस्नेत, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी र महिला तथा बालअधिकारकर्मी नवराज लामीछाने रहनु भएको थियो । कार्यक्रमको शहजीकरण महिला बालबालीका शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतीनिधि विभीन्न संघसस्ंथामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्