तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित



 

तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित हुनु भएकाे छ।

नेपाली काँग्रेसका उम्मेदवार केसीले कुल खसेको मत खसेको २९३८ मध्य १५५० मत प्राप्त गरि निर्वाचित हुनु भएको हाे । बिनिलले गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई २ सय १० मतान्तर ले पराजित गर्नु भएको हाे । शाहले १३४० मत प्राप्त गर्नुभयाे ।

यस अघि दुई कार्यकाल उपाध्यक्ष पदमा रहेका शाहले काँग्रेसले टिकट नदिएपछि  नेकपा एमाले, माओबादी केन्द्रसहित अन्य दलहरु संग चुनाबी तालमेल गरि निर्वाचनमा होमिनुभएकाे हाे ।  निर्वाचित केसी यसअघि  महासचिव पदमा रहनु भएको थियाे ।

नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो । शनिबार रातिबाट सुरु भएको मत गणनाको अन्तिम परिणाम सोमबार बिहान मात्रै सार्वजनिक भएको हो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्