चट्याङ लागेर दाङमा एकजना घाइते भएका छन् । शुक्रबार बेलुकी चट्याङले लागेर तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिलिकोट बस्ने ३६ वर्षका दुर्गा बहादुर बिक घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते बिकको शरीरको बायाँतिरको भाग नचल्ने भएको छ।उनलाइ उपचारका लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। चट्याङ लागेर दुर्गाको दुईतले चारकोठे कच्ची घर चर्किएको छ ।
प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार