बिग एजुकेशन काठमान्डाैकाे पाँचौ शाखा तुलसीपुरमा सञ्चालनमा आएकाे छ । अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढेपनि सहि सल्लाह र जानकारी नपाउदा विभिन्न समस्या खेप्ने गरेकाे भन्दै यस्ता समस्याहरूकाे समाधानका लागि दाङकाे तुलसीपुरमा शाखा विस्तार गरेकाे बिग एजुकेशन काठमान्डाैका सिईओ सुरज केसीले बताउनुभयाे ।
काठमान्डाैकाे बानेश्वरमा मुख्य कार्यालय रहेकाे संस्थाले पाेखरा,कञ्चनपुर, नुवाकाेट,दाङमा शाखा विस्तार गरेकाे छ । विद्यार्थीकाे अवस्था अध्ययन गरेर उपयुक्त देशमा अध्ययनका लागि पठाउने गरिएकाले विद्यार्थीकाे आकर्षण बढेकाे सिईओ केसीले बताउनुभयाे । उहाँले विद्यार्थी भर्ना मात्र नभई भनेकाे ठाउँमा पुर्याउने भएकाेले हजारौं विद्यार्थीकाे मन जित्न सफल भएकाे बताउनुभयाे ।
शाखा मार्फत जापान,काेरीया,अमेरीका,बेलायत,न्युजिल्यान्ड,अष्ट्रेलिया तथा युराेपका विभिन्न देशमा अध्ययनका लागि जान सकिनेछ । छात्रवृत्तिमा समेत विद्यार्थीलाई अध्ययनका लागि पठाउने गरिएकाे छ । तर विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि बिग एजुकेशनको भूमिका प्रमुख हुने सिईोओ केसिले बताउनुभयो ।
यसैबिच शाखाको बिहिबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी र तुलसीपुर उपमहानगरपालिका-६ का अध्यक्ष दुजमान भण्डारीले शाखाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो।
शाखाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा तुलसीपुर उधाैग बाणिज्य संघका अध्यक्ष केसीले नेपाली विद्यार्थी अध्ययनशिल र अनुशासित हुने बताउनुभयो । उहाँले अहिलेकाे युग विश्व भाषाकाे युग रहेकाले केही कन्सलटेन्सीले सहि कुरा सिकाउन नसक्दा समस्या आम विद्यार्थीले समस्या भाेग्नुपरेकाे भन्दै विश्वसनीय कनसलटेन्सीका रूपमा रहेकाे बिग एजुकेशनकाे दाङकाे यात्रा सुखद रहने अपेक्षा गर्नुभयाे ।
साे अवसरमा वडा न. ६ का वडा अध्यक्ष दुजमान भण्डारीले पुर्ण रूपमा जानकारी नभई वाह्य मुलुकमा अध्ययनका लागि जाँदा विद्यार्थीले धेरै दुःख पाएकाे जनगुनासाे आउने गरेकाले जानू अघि पाउने सल्लाह सुझावलाई सत्यतथ्य रूपमा प्रबाह गर्नुपर्ने बताउनुभयाे । उहाँले वडाभित्र शैक्षिक व्यवसाय सुरू गरेकाेमा खुशी व्यक्त गर्नुभयाे ।
एजुकेशन तुलसीपुरका प्रबन्ध निर्देशक ललित पान्डेकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण शाखा प्रमुख निशा पाैडेलले गर्नुभएकाे थियाे।