तुलसीपुरमा राजन हेयर कटिङ संचालनमा



तुलसीपुरमा राजन हेयर कटिङ संचालनमा आएकाे छ । तुलसीपुर ५ बसपार्क मालिका कालिका यातायात नजिकमा संचालनमा आएकाे हेयर कटिङकाे आज साेमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हाे ।

तुलसीपुर उपमहानगरपालिकाकाे निवर्तमान नगर प्रमुख  घनश्याम पाण्डेले रिवन काटेर राजन हेयर कटिङ सेन्टरकाे उद्घाटन गर्नु भएको हाे ।

हेयर कटिङकाे उद्घाटन गर्दै पाण्डेले विदेश जानू भन्दा पनि आफ्नो सीप र क्षमता लाई स्वदेशमै लगानी गर्नुपर्ने भन्दै सकारात्मक उर्जाका साथ व्यवसायी बन्ने साेचलाई सहि ठाउँमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक रुपले सम्पन्न हुन लगनशिल र कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयाे ।

उपमहानगरपालिकामा रहेको मेट्राे कलेजले वि.स.२०७८ सालमा सञ्चालन गरेकाे ६५ दिने हेयर कटिङकाे तालिम लिएपछि आफ्नो सिपलाई थप निखार्नका लागि करिव ३ वर्षसम्म हेयर कटिङमा अनुभवका साथ हेयर कटिङ संचालनमा ल्याएकाे राजन बि.कले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टाेप बहादुर घर्ती, मेट्राे कलेजका प्रमुख बसन्त आचार्य, ग्रिन फाउन्डेसन दाङका अध्यक्ष विष्णु के.सी, सचिव जित बहादुर खड्का, तुलसीपुर-५ का वडा सदस्य श्री युवराज नेपाली. चक्र मिलन बिश्वकर्मा लगायतले शुभकामना दिनु भएको थियाे ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्