“प्रचार तथा प्रकाशन बिभागको बैठक सम्पन्न: पार्टी एकता र सृजनशीलता माथि जोड”



प्रचार तथा प्रकाशन बिभागको बैठक जिल्ला पार्टी कार्यालय घोराहीमा सम्पन्न भएको छ। बिभागका प्रमुख सङ्गीत बस्यालको अध्यक्षतामा आज बैठक बसेको हो ।

बैठकमा नेकपा एमाले दाङका पार्टी सचिब श्याम डाङ्गीले प्रचार तथा प्रकाशन बिभागलाई ब्यबस्थित गर्ने बताउनुभयो । पार्टीभित्र आन्तरिक एकता गरेर मिसन – ८४ लाई सफल पार्ने बताउनुभयो ।

प्रचार-प्रसारको शैलीलाई ब्यबस्थित गर्नका लागि सबै पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । बिभागलाई पार्टीका तर्फबाट गर्ने सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रेस काउन्सीलका सदस्य सरद अधिकारीले प्रचार विभागलाई उचाईमा पुर्याउन कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउँनुभयो । प्रचार प्रसारका लागि सुचना प्रविधिलाइृ भरपुर मात्रामा प्रयोगमा ल्याउनुपर्ने भन्दै सामाजीक सञ्जालको अनुगमन पनि गर्नुपर्ने समेत बताउँनुभयो ।

प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सवीन प्रीयासनले पार्टि, संगठनको हितका लागि अवको प्रचार विभाग सबै तरीकाबाट सिर्जनशिल हुनुपर्ने बताउँनुभयो । प्रचार विभाग पार्टिको महत्वपुर्ण अंग भएकाले गाउँ पार्टि कमिटि र प्रचार विभाग विच समन्वयात्मक भुमिका हुनुपर्ने बताउँनुभयो ।

केन्द्रिय स्थानीय विभाग सदस्य विकीरण गौतमले पार्टि संचालनका लागि पार्टिको गल्ती कमजोरीलाई सुधार्नमा विभागको महत्वपुर्ण भूमिका हुनुपर्ने बताउँनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सि. सहकार्य र समन्वयात्मक तरिकाले काम गर्नुका साथै हरेक गतिविधिलाई प्रचार प्रसार गर्नु उपयुक्त हुने बताउनुभयाे ।

बैठकमा प्रचार तथा प्रकाशन बिभाग लुम्बिनीका उप-प्रमुख सरिता सुवेदी, केन्द्रीय सदस्य सन्तोष दहित, रिता लामा, प्रेस चौतारी लुम्बिनीका उपाध्यक्ष दशरथ घिमिरे, प्रेस चाैतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जा लगाएतकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्