राजमार्ग, तुलसिपूर क्षेत्र, सरोकार मंच कार्यदलको बैठक सुक्रबार तुलसिपूरमा सम्पन्न भएको छ ।
मंचका अध्यक्ष नबराज लामीछानेको अध्यक्षतामा सम्पन्न बैठकले राप्ति राजमार्गले तुलसीपुर बजारको “क” लाइनमा पारेको असर र समाधानका उपाएहरुका बिषयमा ध्यानाकर्षण पत्र तयार गरेको सदस्य सचिव चेतन रेग्मीले जानकारी दिनुभएको छ ।
पहिलो चरणमा स्थानिय निकाय त्यसपछी क्रमैसंग प्रदेश र केंद्र सरकारको ध्यानाकर्षण गराईने निर्णय भएको रेग्मीले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार