दाङमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते



दाङमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा परी स्कुटर  चालक तुलसीपुर-१८ का ४० वर्षीय निम बहादुर बिक र उहाँका वुवा मानबहादुर बिक  घाइते हुनुभएको छ ।

चालक निम बहादुरको  खुट्टामा सामान्य चोट लागेको र राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराइमा सामान्य उपचारपछि  डिस्चार्ज गरिएको   छ ।  स्कुटरको पछाडि सवार ६५ वर्षीय मान बहादुर बिक भने गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ३४६६ नम्बरको स्कुटर आज (शुक्रबार ) साँझ ५ बजेतिर तुलसीपुर-१७ बेलझुण्डी नजिक  अनियन्त्रित भई पल्टिदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्