माबि सौडियारमा मंसिर २१ गतेदेखि २८ गतेसम्म सन्चालीत महायज्ञमा उपस्थित हुन नसकेका दाताहरुले बिद्यालयको सभाहल निर्माण सहयोगार्थ ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग गर्नेक्रम सुरु भएको छ ।
यसैक्रममा नेपालि कांग्रेसका महाधिबेशन प्रतिनिधी घोराही १४ निबासी श्याम सुबेदीले आफु कामको शिलशिलामा बाहिर जानु परेको र महायज्ञमा उपस्थित हुन नपाए पनि ब्यक्तिगतरुपमा २६ हजार बढि आर्थिक सहयोग गर्नु भएको छ ।
बिधालय ब्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराईको उपस्थितिमा दानवीर दाता सुबेदीले आफ्नै निबासमा बोलाइ दाता पहिचान समितिका संयोजक भुपबहादुर डागिलाई सो रकम हस्तान्तरण गर्नु भएको हो ।
बिद्यालयको पहलमा भएको महायज्ञमा त्यस समयमा आफु उपस्थित हुन नपाए पनि अहिले आएर सहयोग गर्न पाउदा खुसी लागेको बताउनु भयो । बिद्यालयको पबित्र उदेश्यमा सबैला साथ दिन पनि सुबेदीले आग्रह गर्नु भयो ।
ब्यक्तिगतरुपमा बिद्यालयलाई सम्झिएर सहयोग गरेकोमा सुबेदीलाई दाता पहिचान समितिको तर्फबाट संयाेजक डागि र बिब्यस अध्यक्ष भट्टराईले धन्यवाद दिनु भयो ।