गुरुकुलका विद्यार्थिहरुले बनाएको गाडिको सफल परीक्षण सहित गुरुकुल तुलसिपुरमा ब्रिफिङ




दिपक वली

गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुले बनाएको ४ पांग्रे गाडिको सफल परीक्षण गरीएको छ ।

उक्त गाडिको घोराही देखि तुलसिपुरको करीव २३ किलोमिटर सडकमा भलाएर सफल परीक्षण गरीएको हो । साथै परीक्षण पश्चात गुरुकुल एकेडेमी तुलसिपुरमा लगेर विद्यार्थिहरुलाई उक्त ४ पांग्रे गाडिको बारेमा जानकारी समेत गराइएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

विद्यार्थिहरुले गाडि कसरी ,कति लागतमा , कति दिनमा बनेको भन्ने बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको उत्तर दिदै उक्त गाडि निर्माण समुहका प्रमुख तथा गुरुकुल एकेडेमी घोराहीका ईसिए संयोजक विशालमा श्रेष्ठले १३ दिनमा निर्माण सम्पन्न भएको र करीव ५० हजारको लागतमा बनेको बताउनुभयो ।

साथै १५० हर्स पावरको सिबिजेट मोटरसाइकलको इन्जिन प्रयोग गरीएको र त्यसमा आवश्यक पर्ने सम्पुर्ण विद्युतिय बस्तु पनि जडान गरीएको बताउनुभयो । ४ जनाको सिट क्षमता भएको उक्त ४ पांग्रे सवारी साधनमा चालक र अन्य १ जना गरी २ जनाको मात्र सिट जडान गरीएको छ । गुरुकुल एकेडेमीले ब्यबहारीक मात्र नभई सैदान्तिक शिक्षा प्रदान गर्ने उद्धेश्यले बिभिन्न प्रयोगात्मक कार्यमा विद्यार्थिहरुलाई सहभागि गराउने गर्दछ ।

विद्यार्थिहरुले यो गाडि सहित , हवाईजहाज , विद्युतिय सामग्रि लगायतका अन्य नँया सामानहरुको आबिष्कार समेत गरेको थिए । गुरुकुलका विद्यार्थिहरुले बनाएको हवाइजहाज गत बर्ष टरीगाँउ विमानस्थल तुलसिपुरमा सफल उडान गरीएको थियो भने आज सफल परीक्षण गरीएको गाडि नेपालका बैज्ञानिक डा. महाबिर पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्