लैङ्गिक हिंसा न्युनिकरण गर्न आर्थिक , सामाजिक र उधमशिलता संग जाेडिन आवश्यक छ : पाण्डे




ग्रिन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले हरेक नागरिकको स्वतन्त्रताको हक हुने भएकोले त्यसलाई मानव अधिकार काे रुपमा प्रयाेग गर्न पाउनुपर्ने बताउनुभएको छ । लैङ्गकि हिंसा मानवअधिकार काे महत्वपूर्ण पाटाेकाे रुपमा लिन सक्ने भन्दै लिङ्गका आधारमा गरिने विभेदलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा सबै जानकार हुनुपर्ने बताउनुभयो ।

उहाले लैङ्गिक हिंसा न्युनिकरण गर्न आर्थिक , सामाजिक र उधमशिलता संग जाेडिन आवश्यक रहेको बताउनुभयो । राजनीतिक, सांस्कृतिक हक स्थापित गर्ने, महिला, युवा शसक्तिकरण गर्नुपर्ने , लिङ्गका हिसावले गर्ने सम्पुर्ण विभेदकाे अन्त्य हुनुपर्ने कुरामा जाेड दिदै महिला, पुरुष, समलिङ्गी यी तीन वटै लिङ्ग लाई विभेद गर्न हुदैन भन्ने कुरा बुझ्नु घर बाटै शुरु गर्नुपर्ने बताउनुभयो ।

ग्रिन फाउन्डेसन नेपाल दाङकाे आयाेजनामा भएको  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आर्थिक, सामाजिक तथा उद्यमशिलता क्षेत्रमा महिला सहभागिताको सवाल विषयक कार्यक्रम उहाँले यस्तो बताउनुभएको हाे ।

उक्त अवसरमा पाण्डेले लैंगिक हिंसामुक्त पालिका बनाउन बृहत्तर छलफल गरी टुङ्गोमा पुग्न आग्रह गर्नु भयो । तुलसीपुरलाई मानव अधिकार रक्षाका लागि नेपालको नमुना नगरका रुपमा  लैंगिक हिंसाका विरुद्ध आर्थिक, सामाजिक तथा उद्याशिलता विकासको नमुना नगर बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा तुलसीपुर वडा नम्बर ३ की वडा सदस्य डिलमाया नेपालीले लैंगिक हिंसामा महिला मात्र नभइ पुरुष पनि हिंसामा परेको बताउनु भयो । विशेषतः महिलाले महिला माथिनै हिंसा गरेको उल्लेख गर्नु भयो ।

हरियाली मञ्च नेपालका अध्यक्ष सुरेश रावतले कार्यक्रमबारे प्रकाश पार्दै लैंगिक हिंसा अन्त्यका लागि महिला र पुरुषबीच छलफल गरी हिंसामुक्त समाज बनाउन जरुरी रहेको बताउनु भयो । घरमा मात्र नभई समाजमा भएको हिंसा अन्त्य गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।


कार्यक्रममा बाेल्ने अन्य बक्ताहरुले लैङ्गिक हिंसा न्युनिकरण गर्न शिक्षा र सचेतिकरण आवश्यक रहेको बताएका थिए । एउटा बन्द कोठामा मात्र लैंगिक हिंसा विरुद्धको अभियान चलाउनु भन्दा ग्रामिण समाजमा पुरुष र महिलाको सहभागितामा यस्तो अभियान चलाए मात्र लैंगिक हिंसा न्युनीकरण हुन सक्ने कुरामा जाेड दिएका थिए ।

कार्यक्रममा गैर सरकारी संस्थाका अध्यक्ष भागिराम चौधरी, तुलसी अचार उद्योगकी तुलसा भुसाल, एफोन लुम्बिनी प्रदेशका अध्यक्ष पदम केसी, नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, तुलसीपुर सामाजिक विकास केन्द्रका शुभम देवकोटा ,तुलसीपुर नगर युवा सञ्जालकी सदस्य   रेजिना लगायतकाले आ आफनाे धारणा राख्नु भएको थियो । उक्त अवसरमा जनप्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि, टोलका अगुवा, महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

स्थानीय वन महासंघकी सचिव रक्षा काफ्लेको अध्यक्षता तथा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको हो ।

ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष विष्णु बहादुर केसीकाे  स्वागत  मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण दिपक परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्