वन दिवसका अवसरमा विभीन्न ठाउँमा बृक्षारोपन



सामुदायीक वन दिवस २०८१ को अवसरमा आज विभीन्न ठाउँमा वृक्षारोपन गरिएको छ । सामुदायीक वनको प्रभावकारीता तिनै तहका सरकार र समुहको सहभागिता भन्ने मुल नाराका साथ विभीन्न ठाउँमा वृक्षारोपन गरिएको हो । ग्रीन फाउण्डेसन नेपाल, हरीयाली मञ्च नेपाल, रानी सामुदायीक वन उपभोक्ता समुह, स्थानीय वन उपभोक्ता महासंघ दंगीशरण, हाम्रो राजाकोट बहुउद्धेश्यीय सहकारी सस्ंथा लिमीटेड र दंगीशरण सव डिभीजन वन कार्यालयको संयुक्त आयोजनामा बृक्षारोपन गरिएको हो ।


दंगीशरण गाउँपालिका स्थित रानीवन, सल्यान कालीमाटि स्थीत विभीन्न सडक, विधालय प्रांगन र घोराहि स्थित सितल सामुदायीक वनमा बृक्षारोपन गरिएको हो । वृक्षारोपन दिवसका अवसरमा अशोक, मसला, क्रीसमस ट्रीक, कपुर, लिच्ची, गुलमोहर लगाएत १२ सय प्रजातीका विरुवा रोपिएको आयोजकले जनाएको छ । वृक्षारोपन कार्यक्रममा ग्रीन फाउण्डेसनका अध्यक्ष विष्णु के.सी. सचिव जीत बहादुर खड्का, लगाएतको टिम, रानी वन उपभोक्ता समीतीका अध्यक्ष ओम नारायण चौधरी , दंगीशरण गाउँपालिका निवर्तमान अध्यक्ष भागिराम चौधरी, वडा न. ७ का वडा अध्यक्ष रेसम वली लगाएत विभीन्न टोलका उपभोक्ता समितीका सदस्यहरु , जनप्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।


यसैबिच, लायन्स क्लव अफ दाङ क्यापीटलले वन दिवसको अवसर पारी विरुवा गोडमेल कार्यक्रम गरेको छ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्ंथामा रोपिएको विरुवा गोडमेल गरेको हो । दाङ क्यापीटलले असार १७ गते सो ठाउँमा विरुवा रोपेको थियो । कार्यक्रममा सस्ंथाका निवर्तमान अध्यक्ष दिपक के.सी. अध्यक्ष भिम प्रकाश वली, सचिव प्रकाश भुषाल लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्