ज्योती विकास बैंकद्वारा ५० जना विद्यार्थीलाई स्टेसनरी सामाग्री प्रदान



 

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन - Aathikbazarnews.com

ओमप्रकाश गुप्ता
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको रात्री प्रावि मौरीघाटलाई ५० हजार बराबरको स्कुल झोला तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ । ज्योती विकास बैंक शाखा कार्यालय मौरीघाटले चौधौं वार्षिकोत्सबको अवसरमा सो विद्यालयमा अध्ययरत ५० जना विद्यार्थीहरूलाई पुग्ने गरि स्कुल झोला तथा स्टेशनरी सामाग्री सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बैंकका क्षेत्रिय शाखा प्रबन्धक जगतबहादुर रोकायको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा वडा सदस्यहरू विष्णुप्रसाद पोख्रेल, रोशन चौधरी, मौरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष वेगमबहादुर बस्नेत, राप्ती उद्योग वाणिज्य संघका सदस्य गोविन्द बहादुर केसी, रात्री प्रावि मौरीघाटका प्रअ बुद्विमान चौधरी, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले बैंकको सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन बैंकका म्यानेजर प्रकाश जिसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्