प्रेस चौतारी प्रदेशकाे प्रथम साधारण सभा तथा भेला

श्रमजीविका मुद्धा, पेशागत दक्षता योग्य बनाउन लाग्नुपर्छ ः थापा


No description available.

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले श्रमजीविका मुद्धा, पेशागत दक्षता योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । सत्य, तथ्य विचार जनता माझ लग्ने काम प्रेस जगतको प्रमुख जिम्मेवारी भित्र पर्ने उहाँले बताउनुभयो। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा भेलालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउँनुभएको हो । उहाँले चौतारी संगठन सुध्रिए मात्र प्रेस जगत सुध्रिने बताउँनुभयो । उहाँले संगठनलाई सहि नीति, एजेन्डाले सबैभन्दा बढी सक्रिय बनाउने भएकाले यसमा चौतारीले भूमिका बढाउनुपर्ने बताउँनुभयो ।

No description available.

केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई संगठित गर्नुपर्ने भन्दै पत्रकार महासंघमा नेतृत्व स्थापीत गर्ने सवालमा चौतारीले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यस्तै अर्का उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश संचार परिषद्लाई भूमिका दिन नसकेको प्रति गुनासो गर्दै दवाव सृजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो । चौतारीका महासचिव हिरामान लामाले संगठन निर्माण, विस्तार र सुदृढिकरणका लागी व्यक्तिवादी सिद्धान्त हावी हुन नहुने भन्दै सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

No description available.

सभालाई नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्षमण आचार्य, प्रेस चौतारी लुम्बिनी ईञ्चार्ज मोहन चापागाई, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी, लुम्बिनी प्रदेश सञ्चार परिषद संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतम, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत लगायतले बोल्नुभएको थियो ।

चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थिको अध्यक्षतामा सभा तथा भेला सम्पन्न भएको हो । उपाध्यक्ष दशरथ घिमीरेको स्वागत मन्तब्य बाट शुरु भएको सभाको सहजीकरण महासचिव निरू गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्