दाङको तुलसीपुरमा पूर्व राजा ज्ञानेन्द्र शाह हेर्नेकाे भिड

फाेटाे फिचर


दाङको तुलसीपुरमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले राजा आउ देश बचाउको नारा लगाएका छन् ।

दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा दर्शनका लागि जाने क्रममा तुलसीपुरमा आइपुग्नु भएका पूर्व राजा ज्ञानेन्द्रलाई तुलसीपुरमा स्वागत गर्दै उनीहरूले देशमा राजाको विकल्प नभएको भन्दै यस्तो नारा लगाएका हुन् ।

राजा ज्ञानेन्द्रले तुलसीपुरमा रहेको पूर्व राजा वीरेन्द्रको अर्धकदको सालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।

पूर्व राजा ज्ञानेन्द्रलाई हेर्नका लागि सयौँको सङ्ख्यामा नागरिकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्