तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु



तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

लु.प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट दिउँसो पौैंने २ बजेतिर अन्दाजी ३० बर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुली नसकेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार मृतक पश्चिम दाङको भएको भन्ने रहेको छ ।

ठक्कर दिने बस त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको रहेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्