दाङकाे समस्याकाे रुपमा देखिएकाे तुलसीपुर घाेराहि फाेर लेन सडकले छिटै पुर्णता पाउँछ : प्रधानमन्त्री वली

फाेटाे फिचर


प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले दाङको घोराही–तुलसीपुर सडकखण्ड निर्माण कार्य तत्काल सुरु गरिने बताउनुभएको छ । दाङकाे समस्याकाे रुपमा देखिएकाे तुलसीपुर घाेराहि फाेर लेन सडकले छिटै पुर्णता पाउने बताउनुभयो ।

नेकपा एमाले दाङले आज सोमबार घाेराहिमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री वलीले फाेर लेन सडकले जनतालाई सास्ती दिएकाे भन्दै तत्काल समाधान गर्ने बताउनुभयो ।

साथै उहाँले तुलसीपुरको टरिगाउँ एयरपोर्ट निर्माणका लागी आगाम बजेटमा समेटिने बताउनुभएको छ। दाङ र देउखुरी उपत्यकालाइ एउटैमा गाभ्नका लागि सुरुङमार्ग निर्माण गर्ने समेत बताउनुभयो । “म अहिले बनाउछु त भन्दैन तर याे मेराे याेजनाकाे बिषय हाे म काम गरेर देखाउछु ।”- उहाँले भन्नुभयाे ।

” प्रतिपक्षले सरकार ढल्छ भनेर अफबाह फैलाइरहेको छ । यो सरकार ८४ सम्म निरन्तर चल्छ । देशको विकासलाई स्थायित्व र लोकतन्त्रको रक्षाका लागि देशको मुख्य दुई शक्तिसहित साना दलहरू मिलेर सरकार बनाएको हाे । २०८४ सम्म कांग्रेस एमालेको नेतृत्वमा सरकार निरन्तरता पाउने छ ।’’ – उहाँले भन्नुभयाे ।

उहाँले मिसन ८४ पूरा गर्नुपर्ने गरि लाग्न आग्रह गर्नुभयाे ।

” देश बनाउने अगुवाइ मेराे हाे, साथ तपाईहरुले दिनुहाेस्, हामीलाई चाहिएकाे देश विकास गर्ने संकल्प छ त्याे संकल्प मा लाग्नुपर्छ । तिन बर्ष सरकार ढल्दैन चुप लागेेर बस्नुस । अहिलेकाे संविधान देशमा समृद्ध ल्याउने बन्नेछ, विदेशिले घुमाउने तत्व किनारा लाग्छन् । विकसित देश बनाउने , गरिबी निवारणकाे अन्त्य गर्ने हाम्रो संकल्प हाे ।”- प्रधानमन्त्री वलीले भन्नुभयाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्