बलात्कार आरोपमा सल्यानमा एक किशोर पक्राउ



किशोरीलाई बलात्कार गरेको आरोपमा सल्यानमा एक किशोर पक्राउ परेका छन् । १५ वर्षीया छिमेकी किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धकुमाख गाउँपालिकाका १९ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

गत फागुन २९ गते होली खेल्दै गाउँमा भएको एक विवाह समारोहबाट घर फर्कने क्रममा किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

किशोरीका परिवारका सदस्यहरू रोजगारीका लागि भारत गएकाले आन्टीसँग बस्दै आएको प्रहरीले जनाएको छ । किशोरीको दाजु भारतबाट फर्किएपछि जाहेरी दिएपछि प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्