
नेपाल पत्रकार महासंघ दाङ शाखाले नया बर्ष २०८२ काे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । महासंघ दाङ शाखा अध्यक्ष संताेष सुवेदिकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाेख्रेलले पत्रकारमाथि पछिल्लो समयमा थुप्रै चुनाैती थपिएको भन्दै ति चुनाैतिकाे सामना गर्दै सशक्त पत्रकारिता गर्नुपर्नेमा जाेड दिनुभयाे ।
जिल्ला उपाध्यक्ष ओपेन्द्र वस्नेतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा बाेल्ने अन्य बक्ताहरूले दाङ जिल्लाकाे पत्रकारिता अन्य जिल्लाकाे तुलनामा मर्यादित भएपनि छिटफुट पत्रकारिताका नाममा हुने गलत क्रियाकलापले सवै पत्रकारले दाेष खेप्नुे परेकाे बताएका थिए ।
उनिहरूले पछिल्लो समयमा पत्रकारमाथि भाैतिक आक्रमण तथा पेशा प्रति चुनाैती थपिदै गएकाे भन्दै ती समस्या समाधानका लागि सवै पत्रकार संगठित रूपमा लाग्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकाका केन्द्रीय सदस्य लिला शाह,पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा,महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसी,सुदिप गाैतम,पूर्व अध्यक्ष केवी मसाल,प्रेस काउन्सिल नेपालका पूर्व बाेर्ड सदस्य शरद अधिकारी,प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलाेचना गाैतम,प्रेस चाैतारीका केन्द्रीय सदस्य गणेश आचार्य,नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का,प्रेस चाैतारी दाङका उपाध्यक्ष विमल याेगी,प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली,प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
कार्यक्रमकाे महासंघका अर्का उपाध्यक्ष नारायणी रजाैरेले धन्यवाद ज्ञापन गर्नुभएको थियाे । कार्यक्रमकाे शहजिकरण पत्रकार महासंघ दाङमा सचिव जेएन सागरले गर्नुभएको थियाे ।

