लागुऔषध ब्राउन सुगरसहित दाङमा एक महिला पक्राउ



दाङको राप्ती गाउँपालिका–१ भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ ।

हिजो मंगलबार साँझ ६ बजे घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले गाडीको जाँच गरेकाे थियाे ।

गाडीमा सवार राप्ती गाउँपालिका–२ बह्राखुट्टीका २० वर्षीया सरिता सार्कीको रीतपूर्वक खानतलासी गर्दा भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

महिलालाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्