दाङमा लागुऔषधसहित तीन जना पक्राउ



दाङमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध बिक्रि गर्ने गढवा गाँउपालिका–६ प्रगतिनगरका २२ वर्षका लक्ष्मण विष्ट, खरीद गर्ने गढवा गाँउपालिका–४ का अन्दाजी ३९ वर्षका भन्साराम यादव र गढवा गाँउपालिका–६ धानदेउखुरीका अन्दाजी ३७ वर्षका सदान मनिहार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार गढवा गाँउपालिका–५ ठुलीचौर स्थित कोइलासदेखि गढवा तर्फ आँउदै गरेको लु ९६ प ८८९३ नम्बरको मोटरसाइकलमा आएका विष्टको शरीर खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ फेला परेको हाे ।

उक्त लागुपदार्थ डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित ८ ग्राम ८३० मिलिग्राम र प्लाष्टिक हटाइ तौल गर्दा ६ ग्राम ४६० मिलिग्राम लागुऔषध फेला परेको शाहले बताउनुभयो ।

सोही स्थानमा खरीद गर्न आएका मनिहार र यादवलाई पक्राउ गरीएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्