लक्ष्मण बस्नेत
प्रथम तुलसिपुर ब्वाइज कप खुला पुरुष फुटबल प्रतियोगिता २०८२ को उपाधि ज्ञानज्योती तुलसिपुरले जितेको छ ।
तुलसिपुर ब्वाइज क्लबको आयोजनामा संचालित प्रतियोगिता आईतवार सम्पन्न फाईनल खेलमा हात्तिखाल फुटबल क्लब शान्तिनगर लाई २-० गोलले पराजित गर्दै ज्ञानज्योतिले उपाधी चुमेको हो ।
उपाधी संगै उसले नगद पचास हजार पाच रुपैया, कप,मेडल,प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजित हात्तिखाल उपबिजेतामा सिमित रहदै नगद पच्चीस हजार,कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
उल्लेख दर्शकले खचाखच भरिएको अरनिको खेल मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ् गोल रहित बराबरी भएपनि दोस्रो हाफ्को ४ औ मिनेटमा ज्ञान ज्योतिका जर्सी न ७ का सृजन श्रेष्ठले गोल गर्दै टिम लाई १-० को अग्रता दिलाए । उता आक्रमक प्रदर्शन गर्दै जवाफी गोल गर्ने दाउमा रहेको हात्तिखालका थुप्रै प्रयास ले जाली चुम्न नसक्दा दोस्रो हाफ्को ३८ औ मिनेटमा ज्ञान ज्योतिका जर्सी न ११ का कमल बिकले थप गोल गर्दै टिम लाई २-० को जित दिलाउन सफल भए ।
स्थानिय स्तरमा फुटबल खेलको बिकास संगै नव प्रतिभावान खेलाडीको पहिचान र प्रवर्द्धन गर्न आयोजना गरिएको प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ ज्ञान ज्योतिका भिमसेन थापा वेष्ट प्लेयर खेलाडी बने । उनले नगद तीन हजार, ट्रफी हात पारे ।
त्यस्तै वेष्ट डिफेन्स हात्तिखाल फुटबल क्लबका शरद भन्डारी,वेष्ट गोल किप्पर ज्ञान ज्योतिका भिम पुन र हाई स्कोरर न्याउली क्लबका विशाल वलि भए । बिधागत उत्कृष्ट हुने खेलाडी लाई ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।
जेठ २० गते देखि सुरु भएको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह प्रतियोगिताका संयोजक फर्साराम घर्तिमगरको अध्यक्षता तथा फुटबलका पुर्व राष्ट्रिय खेलाडी एसएसएफएका अध्यक्ष सुधिर गुरुङको प्रमुख आतिथ्य एवं प्रतियोगिताको मुख्य प्रायोजक सृजना थापाको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।