नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान, दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट दिए राजीनामा



                                                                                                                                                                               फाइल तस्बिर।

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिनअघि नै प्रहरी सेवाबाट राजीनामा दिएका थिए, जुन हालसम्म स्वीकृत भइसकेको छ।

डिआइजी घिमिरेका अनुसार ऐरीले घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्।

“उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिनुभएको थियो। हालसम्म स्वीकृत भइसकेको छ,” डिआइजी घिमिरेले बताए।

दिपेन्द्र ऐरी नेपाल प्रहरीमा सहायक हवलदार पदमा कार्यरत थिए। ऐरीले राष्ट्रिय टोलीका लागि लामो समयदेखि महत्वपूर्ण योगदान दिँदै आएका छन्।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्