संविधानको धारा ६१ अनुसार शुसिला कार्की प्रधानमन्त्रीमा नियुक्त



राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ को आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

नयाँ संविधान जारी भएयता सबै सरकारहरू धारा–७६ अनुसार गठन हुँदै आएका भए पनि, जेन–जी आन्दोलनको चापमा कार्कीलाई धारा–६१ अनुसार नियुक्त गरिएको हो ।

उक्त धारामा राष्ट्रपति राष्ट्राध्यक्षका रूपमा संविधान र संघीय कानूनबमोजिम कार्य सम्पादन गर्ने व्यवस्था मात्र छ, प्रधानमन्त्री नियुक्तिको स्पष्ट व्यवस्था छैन ।

तर राष्ट्रपति पौडेलले यही प्रावधानलाई आधार बनाएर कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

 

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्