मालपोत कार्यालय तुलसीपुरले भोलिदेखि सेवा सुरु गर्ने



आगलागीका कारण स्थगित मालपोत कार्यालय तुलसीपुरको सेवा भोलि शुक्रबारदेखि पुनः सुरु हुने भएको छ।

भदौ २४ गतेको आगलागीपछि ठप्प भएको कार्यालयले बिहीबार सूचना जारी गर्दै पुरानै भवनबाट धितोबन्धक, रोक्का फुकुवा र दैनिक कामकाज सुरु हुने जनाएको छ।

कार्यालय प्रमुख खिम बहादुर खड्काका अनुसार राजीनामा, अंशबन्डा, हकछोड लगायतका कार्य भने असोज १९ गतेदेखि मात्र सुरु हुनेछन्।

आगलागीमा नष्ट नभएका मोठ श्रेष्तामार्फत मात्र सेवा प्रवाह हुने र तुलसीपुर, लाहुरेचौर, मानपुर, हलवार, बयाले सिमतरा र बाघमारे क्षेत्रमा पूर्ण सेवा उपलब्ध हुने जनाइएको छ।

भदौ २४ गतेको आगलागीमा कार्यालयका सबै जिन्सी सामान, कागजात, सर्भर, विद्युत प्रणालीसहितका सामग्री जलेर नष्ट भएका थिए। सिमित स्रोतमा सेवा सुचारु गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्