
दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकमा प्रहरीले अबैध रूपमा भन्सार छलि ल्याइएको २८ बोरा चिनी बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले कपिलबस्तुबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००५८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा चिनी फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार प्रत्येक बोरा ५० केजी तौलका चिनीको कुल मूल्य करिब १ लाख ४० हजार रुपैयाँ बराबर पर्छ।
ट्रकसहित बरामद गरिएको सामानको अनुमानित मूल्य करिब २६ लाख ४० हजार रुपैयाँ रहेको छ। बरामद चिनी र ट्रक आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तुमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक २४ गते सोमवार

