आज पनि लुम्बिनी प्रदेश सभा बैठक बस्दै, प्रदेश वन ऐन संशोधन विधेयक पेश हुने



लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आज छैठौं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

यसैगरी बैठकमा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्