
तुलसीपुरमा तातो तेलले जली एक किशोरी घाइते भएकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको ममता पाउरोटी उद्योगमा काम गर्ने क्रममा एक किशोरी तातो तेलले जली घाइते भएकाे प्रहरीले जनाएको छ ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का पेसल राम सुनारको छोरी १७ वर्षका सृजना सुनार रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार आज आइतबार साँझ करिब ५ बजेतिर काम गर्ने क्रममा तेलको कराई निकाल्ने क्रममा तेलको कराई हातबाट छुट्न जाँदा खुट्टा र ढाडमा जलेको हाे ।
घाइते सुनारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सुनारको अवस्था मध्यम रहेको छ ।
पाउरोटी उद्योगका सञ्चालक रैबहादुर पुन र घाइते सुनारको दिदि समिक्षा विक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार

