मिशन ०८४ को नेतृत्व अध्यक्ष ओलीले नै गर्नुपर्छ: महासचिव पोखरेल



नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ‘मिशन ०८४’ को नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने बताउनुभएकाे  छ।

बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अध्यक्ष ओली नै नेतृत्वका लागि सबैभन्दा उपयुक्त व्यक्ति रहेको उल्लेख गर्नुभयाे ।

उहाका अनुसार पार्टी केन्द्रीय कमिटीका अधिकांश सदस्यहरुले पनि ‘मिशन ०८४’ को नेतृत्व ओलीले नै सम्हाल्नुपर्ने धारणा राखेको जानकारी दिनुभयाे।

“पार्टीभित्रको बहस, सुझाव र कार्यकर्ताको मनोबल हेर्दा मिसन ०८४ को सफल नेतृत्वका लागि अध्यक्ष ओली नै सबैभन्दा उपयुक्त नेता हुनुहुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं,” पोखरेलले पत्रकारहरूसँग भन्नुुभयाे ।

मिशन ०८४ एमालेले आगामी २०८४ सालमा हुने निर्वाचनलाई लक्षित गर्दै अघि सारेको राजनीतिक योजना हो।

 

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्