पदिय आचरण बिपरित काम गर्ने माबि सौडियारका शिक्षकमाथी छानबिन गर्न समिति



शिक्षकले आफ्नो पदिय आचरण बिपरितको काम गरेको भन्दै अभिभाबक र बिद्यार्थीबाट गुनासो आएपछि श्री माध्यमिक बिद्यालय सौडियारले घटना बारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

विद्यालय ब्यबस्थापन समितिको आज बिद्यालयमा बसेको बैठकले शिक्षक अभिभाबक संघका कार्यबाहक अध्यक्ष खिमा घर्ति मगरको संयोजकत्वमा पाच सदस्यिय छानबिन समिति गठन गरेको हो ।

प्रारम्भिक छानबिनकाक्रममा केही तथ्य र प्रमाण फेला परेपछि अभिभाबक र बिद्यार्थीको गुनासोलाई मध्यनजर गरेर छानबिन समिति गठन गरिएको बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिले बताए ।

बिब्यस अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा सल्लाहकार माधब न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले बिद्यालयमा कार्यरत कुनै शिक्षकले बिद्यार्थीहरुलाई भर्नाका लागि आफु कार्यरत बिद्यालयमा प्रेरित गर्नुको साटाे अनेत्र जान प्रोत्साहन गरि भट्काउने जस्तो अनैतिक र पदिय आचरण बिपरित कृयाकलाप गरेको गुनासो अभिभाबकबाट आएको हुँदा सो गुनासोको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको बिद्यालयका सुचना अधिकारी खिमानन्द कालाथोकीले जानकारी दिए ।

बैठकले एक हप्ता भित्र छानबिन समितिको प्रतिबेदन बिब्यसमा प पेश गर्ने निर्णय पनि गरेको छ । छानबिन समितिको सदस्यहरुमा बिब्यस सदस्य यमकला पुन मगर, सामुदायिक सिकाई केन्द्र सौडियारका अध्यक्ष चन्द्रप्रसाद घिमिरे, माबि इन्चार्ज हिरालाल न्यौपाने र सदस्य सचिबमा विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डे रहेका छन ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्