
दाङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई १२ वर्ष कैद सजाय सुनाइएको छ। दाङ जिल्ला अदालतले दंगिशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भनिने दिलीप बिकलाई दोषी ठहर गर्दै सो सजायको फैसला गरेको हो।
जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले बिकलाई १२ वर्ष कैदसहित पाँच लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। त्यस्तै, पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने पनि अदालतले आदेश दिएको हो।
अदालतका श्रेस्तेदार दामोदर घिमिरेका अनुसार, बिकविरुद्ध २०८१ साल वैशाख ६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको थियो। उजुरी अनुसार, सोही दिन उनले बालिकालाई बलात्कार गरेका थिए। प्रहरीको अनुसन्धानपछि बिकलाई २०८१ साल जेठ ५ गते पक्राउ गरियो र जेठ २९ गते जबरजस्ती करणी सम्बन्धी मुद्दा दायर गरिएको थियो।
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहिवार

