
फेसबुक सञ्चालक संस्था मेटाले नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकारलाई इमेलमार्फत सो विवरण मागेका हुन्। मन्त्रालयले तुरुन्तै आवश्यक कागजातबारे जानकारी पठाएको छ।
यसअघि सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरी दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट प्रदायकलाई २६ वटा सञ्जाल रोक्न पत्राचार गरिसकेको छ।
प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार

