
तुलसीपुर उपमहानगरपालिकामा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषयलाई लिएर सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।
उपमहानगरका जनप्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सरोकारवालाको उपस्थितिमा गरिएको छलफलमा अवका दिनमा नगर क्षेत्रभित्रको सेवा प्रवाहलाई अझ प्रभावकारी र पारदर्शी बनाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
बाहिर पाल टागेर पनि सेवा दिएर पालिकाले जिम्मेवारी बहन गर्ने नगर प्रमुख टिकाराम खड्काले बताउनुभयाे ।
कार्यक्रममा नागरिकले सेवा लिन पुग्दा देखिने समस्या, ढिलासुस्ती, योजना कार्यान्वयनको अवस्था, जनताको अपेक्षा र पालिकाको जिम्मेवारीबारे खुला बहस गरिएको थियो ।
सहभागीहरुले समस्याको पहिचान गर्दै समाधानका उपायहरूमा सुझाव दिएका छन् । जेनजी आन्दाेलनमा भवन पुर्ण रुपमा क्षेति भएपनि उपमहानगरका प्रमुख तथा सम्बन्धित अधिकारीहरुले नागरिकलाई अत्यावश्यक, सहज र गुणस्तरीय सेवा दिने कुरामा जाेड दिएका छन् ।

