आन्तरिक राजस्व कार्यालय तुलसीपुर असोज ५ देखि सेवा सुरु गर्ने



 

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आगामी असोज ५ गते आइतबारदेखि पुनः सेवा सुरु गर्ने भएको छ ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा भएको तोडफोड तथा आगजनीका कारण सेवा अवरुद्ध भएपछि अब उद्योग वाणिज्य संघको भवनबाट सेवा दिने तयारी भएको हो ।

कार्यालय प्रमुख श्रीधर टण्डनले करदाता तथा सरोकारवालालाई उद्योग वाणिज्य संघको भवनमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्