पोर्चुगलले उच्च दक्ष बाहेकका कामदार भिसा बन्द गरेपछि दूतावासको सतर्कता आग्रह



पोर्चुगल सरकारले सन् २०२५ अक्टोबर २३ देखि उच्च दक्ष कामदार बाहेकका सबै प्रकारका कामदार भिसा बन्द गर्ने निर्णय गरेपछि पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई ठगी र प्रलोभनबाट बच्न आग्रह गरेको छ।

दूतावासले बुधबार जारी विज्ञप्तिमा नेपाल र मध्यपूर्वमा बस्ने नेपालीहरूलाई पोर्चुगलमा रोजगारको प्रलोभनमा पारेर ठगी गर्ने प्रयास भइरहेको भन्दै सतर्क रहन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्