
राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष महेश बस्नेतले नेकपा एमाले लाई नेपालकाे कम्युनिस्ट आन्दोलनकाे “सिंह”का रूपमा चित्रण गर्नु भएको छ ।लुम्बिनी प्रदेशस्तरीय युवा जागरण भेलामा सम्बोधन गर्दै उहाले एमालेकाे विरुद्ध गठबन्धन बनाएर कसैले पनि चुनौति दिन नसक्ने दाबी गर्नु भयाे ।
“एउटा घाटमा स्याल, कुकुर र विरालो सबै पानी खान आटेका छन्, तर माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेको छ। त्यहाँ पानी खान जाने हिम्मत कसैको छैन। त्यसैले नेपालकाे कम्युनिस्ट आन्दोलनकाे सिंह नेकपा एमाले हो र एमालेका विरुद्ध बनेका गठबन्धन कमजोर हुन्।”- उहाँले भन्नुभयाे ।
बस्नेतले माओबादि अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि पनि टिप्पणी गर्दै भन्नुभयो “प्रचण्डले भनेछन् – ‘यो रेल हो, रेल कुद्यो।’ तर उनका आफ्नै नेता सुरज किरातिले भने -‘यो कुनै रेल होइन, यो बालेनले फोहोर जम्मा गर्ने विवादित बञ्चरे डाँडा हो, जहाँ फोहोरका ट्याङ्कर र ट्र्याक्टर अगाडि बढ्छन्।’”
एक अर्काे प्रसंगमा नेता बस्नेतले नेकपा एमालेका ऐतिहासिक उपलब्धिहरू स्मरण गराउँदै भन्नुभयाे -“एमालेले चुच्चे नक्सा ल्यायो, आधुनिक कृषि क्रान्ति सुरु गर्यो, मल,विउविजन र कृषि औजारमा छुट दियो। एमालेले आफैं संविधान बनायो, नाकाबन्दीको सामना गर्यो, भत्किएका विद्यालय र स्वास्थ्य भवनहरू पुनर्निर्माण गर्यो। एमालेले सरकारी विद्यालयमा पढ्ने बालबालिकाका लागि दिवा खाजा कार्यक्रम ल्यायो, भूकम्पमा भत्किएका सात लाख घर निर्माण गर्यो, पूर्व–पश्चिम मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग बनायो, भेरी नदी सिचाइ आयोजना ल्यायो, २१ वटा उत्तर–दक्षिण राजमार्गको योजना बनायो र सहरी विकासका नाममा देशभर कार्यक्रम ल्यायो।”
राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशले आयोजना गरेको यस भेलामा बस्नेतले युवा पुस्ताले देशको स्थिरता, सुशासन र उत्पादनमुखी अर्थतन्त्रका लागि सचेत हुनुपर्ने बताउनुभयाे ।
उहा का अनुसार, एमाले युवा पुस्ताको ऊर्जा, श्रम र बुद्धिको पार्टी हो, जसले देशलाई समृद्धिको बाटोमा अघि बढाउँछ।

