
दाङको मुख्य लाइफलाइन मानिने घोराही–तुलसीपुर सडक चारलेनमा स्तरोन्नती गर्ने काम सोमबारबाट औपचारिक रूपमा सुरु भएको छ।
पहिलो चरणमा गुर्जे खोलाबाट दुई वटा स्काभेटर प्रयोग गरी खाडल पुर्ने, झाडी सफा गर्ने र माटो फिलिङ कार्य भइरहेको निर्माण कम्पनी दिवा/बन्दन भगवती जेभीले जनाएको छ।
काम छिटो गर्नका लागि बेलझुण्डी रङ्गशालाको उत्तरतर्फ नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा क्रसर, डिप बोरिङ र साइट अफिस स्थापना गरिएको कम्पनीले बताएको छ।
लामो समयदेखिको ढिलाइ र बिग्रँदै गएको सडकका कारण यात्रुहरू समस्यामा परिरहेका बेला सुरु भएको यो परियोजना २१.५८ किलोमिटर लम्बाइमा निर्माण हुने भएको छ।
मदन भण्डारी राजमार्ग अन्तर्गतको योजनाअनुसार सहरी क्षेत्रमा ३० मिटर (फुटपाथसहित) र ग्रामीण क्षेत्रमा १५ मिटर चौडाइ, बीचमा ३ मिटर मेडियन रहनेछ।
प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार

