राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तुलसीपुर नगर अध्यक्षमा जीवन भण्डारी



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तुलसीपुर नगर भेला  तुलसीपुरमा सम्पन्न भएको छ । भेलाले नगरस्तरीय नयाँ कार्यसमिति सर्वसहमत रूपमा चयन गरेको हो ।

नगर भेलाबाट जीवन भण्डारीको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसअन्तर्गत उपसभापतिमा निर्मला वली (केसी), सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली तथा कोषाध्यक्षमा राजन भण्डारी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा शोभा सुवेदी, पार्वति आचार्य, पहलमान राउत, सुमन विश्वकर्मा, बसन्त खत्री, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायणप्रसाद केसी र भेषराज आचार्य चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्