एक सातामा दाङमा २७ फरार प्रतिवादी पक्राउ




दाङमा अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सञ्चालन गरिएको खोजतलास अभियानअन्तर्गत एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पुस १ गतेदेखि पुस ७ गतेसम्म जिल्ला तथा मातहतका प्रहरी टोलीले विभिन्न मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले पक्राउ परेकाहरूबाट जम्मा ३ लाख ७६ हजार ८ सय ५३ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने तथा उनीहरूलाई कुल ४ वर्ष ६ महिना १५७ दिन कैद सजाय तोकिएको जानकारी दिनुभयो ।

पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ । आगामी दिनमा पनि अदालतका फैसला कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै फरार प्रतिवादी खोजतलास अभियान निरन्तर जारी रहने डिएसपी शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्