
कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्।
गत शुक्रबारदेखि सम्पर्कविहीन रहेका सिंह आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभएको छ।
सिंहले प्रयोग गर्दै आएको मोटरसाइकल शनिबार नै फेला परेको थियो। तर उहाँको अवस्था भने अज्ञात थियो। प्रहरीले खोजी गर्ने क्रममा आइतबार मोटरसाइकल नजिकै सिंहको शव फेला पारेको हो।
ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहेका सिंह यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ।
घटनाको कारण भने खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार

