दाङमा सवारी आवागमन भाेलि देखि पूर्ण रूपमा सञ्चालन हुने




दाङमा मौसममा क्रमिक सुधार हुँदै गएसँगै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमन भोलि बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालन हुने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय दाङले आज सूचना जारी गर्दै सडक जोखिमको अवस्थालाई मध्यनजर गरी सतर्क र सुरक्षित भएर यात्रा गर्न आग्रह गरेको छ। साथै, ट्राफिक संकेत र सूचनालाई गम्भीरतापूर्वक पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न सबैलाई अनुरोध गरिएको छ।
प्रशासनले सवारी आवागमनका क्रममा कुनै समस्या आएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्