दाङमा बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु




दाङको तुलसीपुरमा बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।

सल्यानको शारदा नगरपालिका–२ खलङ्गा घर भई हाल तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अन्दाजी दुई वर्षीय आयन नेपालीको उपचारका क्रममा मृत्यु भएको हो।

बुधबार बिहान करिब १० बजे तुलसीपुर ७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए।
घाइते आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्