दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०८०र२०८१ को बजेट बुधबार दुई तिहाई बहुमतले पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष शम्भु गिरीले सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेट दुई तिहाई बहुमतले पारित भएको छ । दंगीशरण गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४३ करोड ६१ लाख ७० हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २७ करोड ५३ लाख १८ हजार अर्थात ६३ दशमलव १२ प्रतिशत चालुतर्फ र पुँजिगततर्फ १६ करोड ८ लाख ५२ हजार अर्थात ३६ दशमलव ८८ प्रतिशत बजेट बिनियोजन गरेको छ ।
सभामा आर्थिक विधेयक २०८० र बिनियोजन विधेयक पनि पारित भएको छ ।
प्रकाशित मिति : २०८० असार २७ गते बुधवार