
लक्ष्मण बस्नेत
एन प्याब्सन दाङ जिल्ला अन्तर बिधालय स्तरिय बृहत खेलकुद प्रतियोगिता २०८१ आज देखि सुरु भएको छ ।
एन प्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगिताको आज पहिलो दिन एथलेटिक्स तर्फको सात पदकको टुंगो लाग्दा ज्ञान ज्योती माबी तुलसिपुर ३ स्वर्ण र १ रजत पदकका साथ शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै मिडवयष्ट प्वाईन्ट एकेडेमी शान्तिनगर खैरेनी २ स्वर्ण,३ रजत र २ कास्य हात पार्दै द्वितिय ,जनप्रीय बोर्डिङ स्कुल बालापुर १ स्वर्ण,१ कास्यका साथ तृतिय स्थानमा रहदा
मोडर्न दिगदर्शन पन्चकुले १ स्वर्ण हात पार्दै चौथो स्थानमा रहेको छ । त्यस्तै भलिबल छात्र/ छात्रा तर्फ आज पहिलो चरणका खेल भएको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिनु भएकोछ ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा एन प्याब्सनमा आवद्ध २७ बिधालयका बिच एथलेटिक्सका १३ इभेन्टस र भलिबल छात्र/ छात्रामा कडा प्रतिस्पर्धा हुनेछ । यस्तै प्रतियोगिताका दोस्रो दिनका खेल बिहान आठ बजे बाट सुरु हुनेछन् ।
यसैबिच प्रतियोगिता संचालन मुल आयोजक समितिका संयोजक तथा एन प्याब्सनका जिल्ला अध्यक्ष भोजराज न्यौपानेले जारी प्रतियोगिता लाई बिबाद रहित ढंगले भब्य एवं सभ्य तवरले सम्पन्न गर्न समिती मातहका सबै उपसमिती लाई हार्दिक अनुरोध गर्नु भएको छ ।
साथै उहाँले प्रतियोगिता लाई थप रौनक बनाउन खेलप्रेमी,खेलाडी, शुभेच्छुक, पत्रकार लगाएतमा गरिमामय उपस्थितिका लागि अनुरोध गर्नु भएको छ ।

