
दङ्गिशरण गाउँपालिकामा रहेकाे कुमारी बैंक लिमिटेड शाखाले एटिएम सेवा सुरु गरेको छ ।
आज आइतबार एक कार्यक्रमका बिच पालिका अध्यक्ष शम्भु गिरि र उपाध्यक्ष पिमा कुमारी वलीले एटिएम सेवा सुचारु गर्नुभएको हाे ।
गाउँपालिका अध्यक्ष गिरीले एटिएम सेवा सुभारम्भले चौबीस घण्टै कोहि कसैलाइ आकस्मिक अप्ठेरो पर्दा सहज हुने बताउनुभयो । याे सेवाले बैंकिङ सेवा थप प्रभावकारी हुने बताउनुभयो । हरेक नागरिकलाइ छिटाेछरिताे सेवा चाहिने भएकोले प्रबिधियुक्त सेवा प्रभावकारी हुने बताउनुभयो ।
उपाध्यक्ष वलीले प्रबिधिको युगमा समय सापेक्षित सेवाले समयको बचत हुने भएकोले दंगीशरणवासीका लागि खुसिको कुरा रहेको बताउनुभयो ।
सेवालाइ छिटो छरितो बनाउन सेवा सुरु गरेको शाखा प्रमुख एकराज के.सिले जानकारी दिनुभयो । बिगत सात बर्षदेखि दंगीशरण बाट सेवा सुभारम्भ गरेको एक मात्र बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएकाे छ । एटीएम सेवा सुरु भए संगै बैंकिङ काराेवार गर्न चेक बोकि घण्टौ लाइन बस्नुपर्ने समस्या हट्ने अपेक्षा लिइएकाे छ ।

