सहमतिमै करणि तर अदालतमा मुद्दा

प्रथम बिष्णु केसी स्मृती मुट कोर्ट प्रतियोगिता अन्तर्गत मेट्राे कलेजका बिधार्थिहरुकाे अदालति बहस



बालिका करणिमा अदालतमा मुद्दा पर्याे । वादि प्रतिवादि पक्ष अदालतमा उपस्थित भए । एक समुहले जवरजस्ति करणि गरेकाे हाे भनेर अदालत समक्ष निवेदन दिन्छ ।  अर्को पक्षले सहमतिमै करणि भएको यसमा जवरजस्ति भन्न नपाइने भनेर तर्क गर्छ ।

बहसमा बालिका बलत्कार सम्बन्धमा नाबालिका हुन कि हाेइनन् भन्ने अर्काे प्रश्नमा प्रतिवादि पक्षले बालिकाकाे उमेर नपुगेकाे तर सहमतिमै करणि भएको बयान दिन्छ ।

तीन जना न्यायधिसको इजलासमा वादी र प्रतिवादीका तर्फबाट बहस हुन्छ । बहस खण्डनका क्रममा बादि समुहबाट जाहेरी पक्ष बाट न्याय पाउनुपर्ने अडान राखे । नाम , ठेगाना, जन्ममिति सबै लगाएत सबै तथ्य गलत साबित भएको भन्दै न्याय पाउनुपर्ने अडान राखे ।

बिद्दान पक्ष अर्थात प्रतिवादि पक्षले भने बिना कसुर मुद्दाकाे बिषय बनाएकाले जाहेरि फिर्ता लिनुपर्ने बताए । करिब एक घण्टाकाे समय सकिएपनि सहमतिमा करणि हाे वा हाेइन या नाबालिका हुन कि हाेइनन् यहि बिषयमा अदालति फैसला नटुङ्गिदै समय समाप्त हुन्छ ।


तुलसीपुरमा मेट्रो कलेजका कानुन विषय पढ्ने विद्यार्थीहरूले नाबालिग बलात्कार मुद्दाको बिषयमा अदालती बहस प्रस्तुत गरे । कानुन संकायमा पढ्ने लुम्बिनी प्रदेशका बिधार्थिकाे उपस्थिति छनाैटमा दुई जना समूह छनाैटमा परेपछि मंगलबार प्रथम बिष्णु केसी स्मृती मुट कोर्ट प्रतियोगिताकाे आयाेजना गरि अदालति बहसका विषयमा अभ्यास गराइएको हाे ।

बिधार्थिहरुलाइ ब्यवहारिक रुपमा ज्ञान प्रदान गर्नका लागि अदालति रुपमा बहस अभ्यास गराइएकाे मेट्राे कलेजका प्रमुख वसन्त आचार्यले बताउनुभयो । यस प्रकारकाे अभ्यासले विधार्थिहरुमा अदालति प्रक्रियाका बिषयमा थप जानकारी मिल्ने र सिकाइ क्रियाकलाप प्रभावकारि हुने उहाँले बताउँनुभयाे ।

कार्यक्रममा न्यायाधीशको भूमिकामा पूर्व न्यायपरिषद सदस्य पदम बैदिक, उपप्रध्यापक अनुप चन्द र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल सिंह ठकुरी रहनु भएको थियाे ।

साे अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष सुदिप गाैतमले कानुन संकायमा सुन्ने, बाेल्ने र प्रश्तुत हुने कला चाहिने बताउनुभयो । उहाले कानुन दिन प्रतिदिन बदलिने भएकोले अध्ययन लाई निरन्तरता दिनुपर्ने बताउनुभयाे ।

यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलले आवाज दिनेलाई लाइसेन्स चाहिदैन तर आवाज काे व्याख्या गर्नेलाई लाइसेन्स चाहिने भएकोले कानुन संकायका बिधार्थिहरु शुष्म ढंगले अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले यी यस्ता प्रााबिधिक , शैद्दान्तिक ज्ञान दिने कलेजकाे स्थापना हुन अझै जरुरी रहेकाे बताउनुभयो । हरेक विधालय र कलेजहरुमा बिधार्थिहरुमा आत्मविश्वासका साथ केही गर्ने वातावरणकाे सिर्जना गर्ने खालकाे शैक्षिक गतिविधि हुनुपर्ने बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले यी यस्ता शैक्षिक क्रियाकलाप र कार्यक्रमले कानुन संकायका  विद्यार्थीहरूको लागि थप सिकाइ भएको भन्दै पढाइ प्रतिकाे जागरुक्ता बढेर जाने बताउनुभयो । उनिहरुमा अनुसन्धान, वकालत गर्ने सीपकाे  वृद्धि हुने बताउनुभयो ।

सस्थापक अध्यक्ष घनश्याम पाण्डेले न्यायलयसंग थुप्रै  खालकाे असतुष्टि भइरहेकाे बेेला मेट्राे कलेजले कानुन संकायका विषयमा अध्यापन गराउने लक्ष्य लियाे याे कलेज नेपालकाे पहिचान बाेकेकाे कलेजकाे रुपमा स्थापित भएको बताउनुभयाे ।

“न्याय निरुपनका लागि सत्य र तथ्य नजिक पुर्याउने भनेकाे विद्दान अधिबक्ताले हाे । जब विद्दानहरुमा विद्दवता भएन भने न्याय मर्छ । सत्य, तथ्य, कलाका साथ बहस र पैरवी भयाे यसले देशमा न्याय मरेकाे छैन भन्ने न्याय जाग्ने प्राारम्भ , शुभारम्भ भएको महशुस गराएकाे छ ।”- उहाँले भन्नुभयाे ।

प्रतियोगितामा उत्कृष्ट बक्ता यस्तै प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई नगद रासि सहित पुरस्कार प्रदान गरिएको थियाे ।

 

 

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्