ग्रीन फाउण्डेशन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले हरेक नागरीक उधमशिल बन्ने कुरामा जोड दिदै उधममा आधारीत उधमशिलतालाई अंगाल्दै ब्यवसायीकरण गर्ने कुरामा जोड दिनुभयो । मान्छे धनको गरिव भन्दा पनि मनको गरिव भएको भन्दै उधमी बन्नका लागि आफनै गाउँ ठाउँमा प्रशस्त प्राकृतीक वस्तुहरु रहेको बताउँनुभयो । दंगीशरण गाउँपालिकाको सभा हलमा आज बुधवार सम्पन्न भएको उधमशिलता अभिमुखीकरण तथा सम्बाद कार्यक्रम मा यस्तो बताउँनुभएको हो । ।
आफु मालीक बन्छु भन्ने सपना देखेमा मात्र उधमी बन्ने चाहाना हुने भन्दै उधम दर्ता गरि औपचारीक रुपमा उधम सुरु गर्नुपर्ने बताउँनुभयो । अव हरेक नागरीकहरुको घरमा एक घर एक कार हुन जरुरी रहेको भन्दै विदेशीनु भन्दा सिप आयआर्जन पश्चात सिपलाई ब्यवसायमा ढाल्नुपर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा उधमीका महत्वपुर्ण विशेषताहरु,कृषि तथा वनमा आधारीत उधम ब्यवसाय कसरी सुरुवात गर्ने, उधम सुरु गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु, स्थानीय आर्थिक विकास कार्यक्रमको रणनिति लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा लक्ष्मी बैँक तुलसीपुरका शाखा प्रवन्धक सरोज चौधरीले वित्तीय साक्षरता ,अबस्था, अवधारणा र महत्त्व का विषयमा जानकारी गराउँनुभएको थियो ।
ग्रीन फाउन्डेसन नेपाल शाखा कार्यालय दाङ, जिल्ला युवा समिति दाङ र दंगिशरण गाउँपालिकाको आयोजना तथा अभियान लघु बित्तिय संस्था लिमिटेडको सहकार्यमा एक दिने समापन कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी शम्भु गिरीले हरेक नागरीक उधमशिल बन्नका लागि उसमा ईच्छाशक्तिको आवश्यक्ता पर्ने बताउनुभएको थियो । उधमशिल बनाएर भन्दा पनि बन्नुपर्ने इच्छा ब्यक्तीमा आए मात्र एक सफल उधमी बन्न सक्ने बताउँनुभयो । अध्यक्ष गिरीले गाउँपालिकामा हरेक नागरीकहरु आर्थीक स्थीती सुधार्नका लागि गाउँपालिकाले थुपै्र कार्यक्रमहरु योजनमा ल्याएकाले यसलाई सदुपयोग गरि आर्यआर्जनको पाटोमा लग्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा फेगोफनका अध्यक्ष शोभाकर न्यौपाने, वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी, वडा न. ४ का वडा अध्यक्ष कमल चौधरी लगाएतकाले आ आफनो धारणा राखेका थिए । राष्ट्रिय युवा परिषदका अध्यक्ष सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण कोषाध्यक्ष खिम प्रशाद भण्डारीले गर्नुभएको थियो ।