
दाङमा क्रियाशिल सञ्चारकर्मी महिला समूहको बैठक आज तुलसीपुरमा बसेको छ । दाङमा क्रियाशिल सञ्चारकर्मी महिलाहरुको साझा मञ्चका रुपमा गठन भएको सञ्चारकर्मी महिला समूहको बैठक आज शनिबार तुलसीपुरमा बसेको हो ।
समूहका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ। बैठककले आगामी दिनमा समसामयिक विषयमा पत्रकार सम्मेलन, संवाद, अन्तरक्रिया र गोष्ठीको आयोजना गर्ने निर्णय गरेको छ । साथै समूहले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर आफ्नो गतिविधिहरु अगाडि बढाउने निर्णय गरेको छ ।
यस्तेै प्रत्यक महिनामा नियमित मासिक बचत गर्ने निर्णय पनि गरेको छ । नियमित बचतले समूहका सदस्यहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बन्न तथा कार्यक्रमहरु आयोजना गर्न थप स्रोत जुटाउन सहज हुने संयोजक आचार्यले बताउनुभयो ।

साथै बैठकमा सञ्चारकर्मी महिला समुह दाङको नाममा साझेदारी बचत तथा ऋण सहकारी संस्था घोराहीमा समुहका संयोजक लक्ष्मी आचार्य, सचिव दिप्तीशिखा चौधरी र कोषाध्यक्ष रोषनी मल्ल रहने गरी खाता खोल्ने निर्णय भएको छ । आगामी चैत्र मसान्तसम्म माघ महिनाको बचत लिइ समुहमा आवद्ध गर्ने र बैशाखदेखि प्रवेश शुल्क थप गरेर समुहमा आवद्ध गर्ने निर्णय भएको छ ।
यस्तै समूहका सदस्यहरुले हरेक महिनाको अन्तिम शनिबार नियमित बैठक आयोजना गर्ने निर्णय भएको छ ।
बैठककाे शहजिकरण सचिव दिप्ती शिखा चौधरीले गर्नु भएको थियो ।
बैठकमा शुलोचना गौतम, रोसनी मल्ल, रचना सुवेदी, शुशिला आचार्य, सुधासुमन ढकाल, रीता लामा, जयन्ती चौधरी, एमकला भुषाल, उमा भण्डारी,सरीता चौधरी, शोभा खड्का डाँगी, रुपा थापा, मनिषा बिक, प्रकृति पुन, निता चौधरी, रोमा पुन लगाएतको उपस्थिति रहेको थियो ।

