गणेश प्रावि तिनुखोला छिल्लीकोटका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।आज एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १९ ले विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेको हो ।
गणेश प्रावि तिनुखोलाका ४६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको तुलसीपुर–१९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पौडेलले जानकारी दिनुभयो ।
साे अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेलले शिक्षा क्षेत्रको लगानीले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले वडा सरकारको न्यानो कपडा वितरण कार्य सह्राहनीय पक्ष रहेको बताउनुभयो । विपन्न परिवारका बिधार्थिहरुलाइ यस्ताे कार्यले राहत हुने बताउनुभयो ।
यस्तेै वडा सदस्यहरु पूर्णबहादुर बुढाथोकी,तारा खड्का वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले दूर्गम स्थानमा रहेको विद्यालयमा न्यानो कपडा वितरणले विद्यार्थीहरुको आकर्षण बढेको बताउनुभयो ।
न्यानो कपडा वितरण कार्यक्रममा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका सदस्य टोपबहादुर विक लगायतकाले आ- आफनाे भनाइ राख्नु भएकाे थियो ।
कार्यबाहक वडाध्यक्ष राम बहादुर पौडेलको अध्यक्षता कार्यक्रम भएको हो । वडा सदस्य रेवती विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गणेश प्रावि तिनुखोलाका प्रधानाध्यापक प्रेमबहादुर वलीले गर्नुभएको थियो ।