जङ्गली च्याउ खाँदा रुकुममा पाँच जना बिरामी



जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु – Kayakairan

रुकुम पश्चिममा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् । मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

आशिराम खत्रीसहित उहाँकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री बिरामी भएको प्रहरी नायब उपरीक्षक डीएसपी विष्णुकुमार सोतीले जानकारी दिनुभयो । बिरामी मध्ये छोरा शेर बहादुर र छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेका छन । अन्य तीन जना भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्